Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

बुधवार , माघ २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक सुरु भएको छ ।

विपक्षी दलहरूको बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सुरू भएको हो ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्।

बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077