Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संवैधानिक निकायमा ओलीले गरेका ५२ नियुक्तिविरुद्धको रिटको पेसी संवैधानिक इजलासमा

संवैधानिक निकायमा ओलीले गरेका ५२ नियुक्तिविरुद्धको रिटको पेसी संवैधानिक इजलासमा

बुधवार , माघ २, २०८१

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिटको संवैधानिक इजलासमा फेरि पेसी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गरिएको रिटको पेसी आजका लागि तोकिएको हो।

यसअघि पनि गत पुस १७ गतेका लागि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

रिट सर्वोच्च अदालतका प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।

२०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने गरेको भए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले २०७७ साल पुसमा ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति गैर संवैधानिक भएकोले बदर गर्न माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटमा यसअघि २०७८ साल चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि उक्त रिट पटकपटक पेसीमा चढ्दै स्थगित हुँदै आएको थियो ।

रिटमा नियुक्ति लिएका ५२ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायत निकायमा ५२ जनाको नियुक्ति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077