Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपक्षी दलहरुको बैठक भोलि फेरि बस्ने

विपक्षी दलहरुको बैठक भोलि फेरि बस्ने

बुधवार , माघ २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ ।

बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय गरेको हो ।

विपक्षी दलको संयुक्त वक्तव्य बनाउने जिम्मेवारी माओवादी उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई दिइएको छ ।

माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए ।

एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077