Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, गठबन्धन पूरै अवधि जान्छ : प्रधानमन्त्री ओली

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, गठबन्धन पूरै अवधि जान्छ : प्रधानमन्त्री ओली

बुधवार , माघ २, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढल्ने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

बालुवाटारमा आज बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले सरकार ढल्दैछ भन्ने हल्ला भ्रम भएको र सत्ता गठबन्धन पूरै अवधि जाने बताए । उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए ।

त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताए। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ती नदेखाउँदा देशमा यो अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077