Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै देउवा

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै देउवा

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग सभापति देउवाले बिहीबार छलफल गर्ने तय गरेका हुन् ।

छलफल सभापति देउवाको निवास बूढानीलकण्ठमा हुनेछ। कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए।

सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ। सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो।

महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077