Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माधव नेपालको ब्रिफिङ - देशमा उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं

माधव नेपालको ब्रिफिङ - देशमा उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं

बुधवार , माघ २, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा उथलपुथलको सम्भावना रहेको बताएका छन्।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा बोल्दै अध्यक्ष नेपालले सो कुराले बताएका हुन् । अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने अध्यक्ष नेपालले बताए ।

बैठकमा सहभागी एक नेताकाअनुसार, झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उनले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका थिए।

संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने अध्यक्ष नेपालले बताए । उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077