Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संवैधानिक नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नमिल्नेमा, माघ २३ मा तोकियो पेसी

संवैधानिक नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नमिल्नेमा, माघ २३ मा तोकियो पेसी

बुधवार , माघ २, २०८१

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

५२ संवैधानिक पदाधिकारीविरुद्धको चार वर्षअघि परेको मुद्दा आज पनि हेर्न नभ्याउने सूचीमा परेको हो । उक्त रिटमाथि सुनुवाइका लागि माघ २३ गते पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि पनि गत पुस १७ गतेका लागि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो।

आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा पेसी चढेको थियो।

उक्त रिटमा सुनुवाइको पालो आएपछि न्यायाधीश हरिप्रसाद फुयालले आफूले हेर्न नमिल्ने भन्दै अलगिएको घोषणा गरेका थिए। यो घोषणासँगै अब उनीबाहेकको संवैधानिक इजलास गठन हुनेछ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट दायर गरेका थिए।

रिटमा नियुक्ति लिएका ५२ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायत निकायमा ५२ जनाको नियुक्ति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077