Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - पूर्ण सहमतिमा आएको अध्यादेश हो, सुशासन र विकासका लागि जरुरी छ

प्रधानमन्त्री ओलीले भने - पूर्ण सहमतिमा आएको अध्यादेश हो, सुशासन र विकासका लागि जरुरी छ

बुधवार , माघ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सहमतिमा विभिन्न अध्यादेशहरु ल्याइएको स्पष्ट पारेका छन् ।

नेपाल सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश सिफारिस गरिएको बताए ।

“हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ। यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो”, प्रधानमन्त्री ओलीले भने, “यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ। यो पूर्ण सहमतिमा अध्यादेश आएको छ। अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो ।'

कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतिकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077