Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग

बुधवार , माघ २, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको निन्दा गरेको छ।

सहकारी अपचलन तथा ठगी प्रकरणमा आज थुनछेक बहस सकिएपछि बाहिर निस्कने क्रममा त्रिपाठीमाथि केही अराजक व्यक्तिहरूले अचानक आक्रमण गरेका थिए। उक्त आक्रमणले उनलाई लछारपछार, हातपात र दुव्र्यवहार गरिएका समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसले यस घटनालाई अत्यन्त दुःखदायी र विधिको शासनविरुद्धको कार्यको रूपमा लिएको छ।

कांग्रेसले विज्ञप्तिमार्फत अदालतमा पक्ष र विपक्षका बीच बहस गर्ने अधिकार जो सुकैको भए पनि सुनिश्चित हुनुपर्ने र कानूनी राज्यमा यस्तो अराजकता स्वीकार्य नहुने बताएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यस्तो अराजकता र अवांछित गतिविधि कदापि स्वीकार्य हुन सक्दैन। यस घटनाको कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ।”

कांग्रेसले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्दै, विधिको शासनप्रति जनताको विश्वास कायम गर्न यस्तो कार्यप्रति शून्य सहनशीलता देखाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077