Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक देउवानिवास बूढानीलकण्ठमा

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक देउवानिवास बूढानीलकण्ठमा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बूढानीलकण्ठमा बसिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास बूढानीलकण्ठमा बसेको हो ।

सभापति देउवाले बुधबार कांग्रेसका सबै मन्त्रीलाई आज छलफलका लागि बोलाएका थिए ।

मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएको बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट आठ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077