Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ

ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको बताएका छन् ।

कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले उक्त विषयमा ब्रिफिङ गरेका हुन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताए ।

कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले ब्रिफिङ गर्ने क्रममा काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका थिए।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएको स्रोतले बतायो ।

६ महिनाको अवधिमा आफूले गरेका कार्यको विस्तृत जानकारी मन्त्रीहरुसँग लिने र आवश्यक सुझाव दिने गरी पार्टीले छलफल डाकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077