Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन

गृहमन्त्री लेखकले भने - एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन

बिहिवार , माघ ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेबीच सत्ता संञ्चालमा कुनै समस्या नरहेको उनले बताए ।

गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’

उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए ।

सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारी अनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077