Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ ।

संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको कांग्रेसले जनाएको छ।

संसदीय दलसँग सम्बन्धित तीन निर्णय गरेको छ । संसदीय दल अनुशासन समिति दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने निर्णय गरिएको छ ।

अर्थ समितिमा संयोजक डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरीलाई पार्टीबाट संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077