Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संसद्का दुई समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संसद्का दुई समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बैठक बस्न लागेको हो । ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छन् ।

बिहान ११ः०० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने छ ।

यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । जुन बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077