Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेको कारबाहीपछि पहिलोपटक गृहप्रदेशमा भीम रावल, सँगै कर्ण थापा पनि आए !

एमालेको कारबाहीपछि पहिलोपटक गृहप्रदेशमा भीम रावल, सँगै कर्ण थापा पनि आए !

शुक्रवार , माघ ४, २०८१

कैलाली । नेकपा एमाले पार्टीबाट निष्कासित भएपछि डा. भीम रावल पहिलो पटक गृहप्रदेश आइपुगेका छन् । उनी शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजमार्फत धनगढी ओर्लिएका हुन् ।

उनलाई स्वागत गर्न समर्थकहरु धनगढी विमानस्थल पुगेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत भएको थियो । उनी आजै गृहजिल्ला अछाम प्रस्थान गर्ने कार्यतालिका छ ।

उनले शनिबार रामारोशन गाउँपालिकामा आयोजना हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्ने छन् । यस्तै नेता रावलसँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी आएका छन् ।

काठमाडौंबाट धनगढीसम्म एमाले नेता थापा र नेता रावलसँगै सिटमा बसेर पुगेका थिए । केही समयअघि नेता रावल र थापाको दुरी बढेको थियो । तर पछिल्लो समय नेता रावललाई एमालले निष्कासित गरेपछि थापा त्यसको विरोधमा उत्रिएका थिए ।

उनीहरु सँगै सुदूरपश्चिम आउनुलाई महत्वका साथ हेरिएको छ । नेता रावलले आफ्नो नेतृत्वमा पार्टी स्थापना गर्दै छन् । बिहीबार मात्र उनले पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका थिए । उनको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077