Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देशमा अब ऊर्जा खपतको चिन्ता लिनुपर्दैन : प्रधानमन्त्री ओली

देशमा अब ऊर्जा खपतको चिन्ता लिनुपर्दैन : प्रधानमन्त्री ओली

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब ऊर्जा खपतको चिन्ता लिनु नपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेको बताए। बन्द भएका उद्योगलाई पनि नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँ आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताए।

राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077