Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपक्षी दलहरूको बैठक बानेश्वरमा

विपक्षी दलहरूको बैठक बानेश्वरमा

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी ६ दलको बैठक बसेको छ।

नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरुको बैठक सुरु भएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठकपछि शुक्रबार अपराह्न ३ बजे संसद भवनभित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जनाएका छन्।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लो पटक सरकाले अध्यादेश जारी गरेपछि थप रूष्ट छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो।बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077