काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बसेको विपक्षी दलहरूको बैठकपछिका निर्णय सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने,‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं।’
आफूहरूको आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूको छ।
माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी र आम जनता पार्टीलगायत विपक्षी दलहरूले संसदको विशेष अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराए।
उनले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग हुने जानकारी गराए ।