Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच आज अपराह्न लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077