Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनले भने - नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे

राप्रपा अध्यक्ष लिङ्देनले भने - नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे

शनिवार , माघ ५, २०८१

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन्।

राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले त्यति धेरै खाए हामिले चै यति खादा पनि थुनिनु पर्ने भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताए।

अध्यक्ष लिङ्देनले काङ्ग्रेस-एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए ।

यो सरकार निर्माण भएको छ महिनाको अवधिले काङ्ग्रेस-एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए । आज देशको राष्ट्रिता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युमा परेको बताए।

हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरुले गरेको दावी गरे।

देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेको, युवाहरुले देश छाड्ने दर ह्वात्तै बढेको बताउदै देश गम्भीर मोडमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077