Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपक्षी मोर्चाबारे सूर्य थापाले भने - सहकारी ठगी गर्न पाउनैपर्ने साझा एजेण्डा छ

विपक्षी मोर्चाबारे सूर्य थापाले भने - सहकारी ठगी गर्न पाउनैपर्ने साझा एजेण्डा छ

शनिवार , माघ ५, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले विपक्षी दलको मोर्चाबन्दीमाथि प्रश्न उठाएका छन् ।

विपक्षी दलहरुको साझा वक्तव्य सामाजिक संञ्जालमा सेयर गर्दै सांसद थापाले मोर्चाबन्दीमाथि प्रश्न उठाएका हुन् ।

उनले राजतन्त्रको पुर्नस्थापनादेखि सहकारी ठगी गर्न पाउनैपर्नेसम्म एकैठाउँमा भएको टिप्पणी गरे।

सांसद थापाले भनेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा (बिना चिल्लाको च्वाईच्वाईं)।’

उनले उहिले प्रतिगमनको खतरा भयो, अहिले प्रतिगमन अँगालोमा आएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077