Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मन्त्रीद्वय लेखक र दाहालले गरे महाकालीमा निर्माणाधीन पुलको निरीक्षण

मन्त्रीद्वय लेखक र दाहालले गरे महाकालीमा निर्माणाधीन पुलको निरीक्षण

शनिवार , माघ ५, २०८१

कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुलको निरीक्षण गरेका छन् ।

‘भेरियेसन’ का कारण पुल निर्माण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका हुन् ।

पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’ (बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ ।

गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ ३०० मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन् ।

पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077