Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरू मोर्चाको प्रयास गर्दैछन् : मन्त्री यादव

अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरू मोर्चाको प्रयास गर्दैछन् : मन्त्री यादव

शनिवार , माघ ५, २०८१

वीरगन्ज । संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरू मोर्चा, सहकार्य र एकताको प्रयासमा लागेको बताएका छन् ।

वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका उपमहासचिवसमेत रहेका यादवले यस्तो बताएका हुन् ।

उनले मधेश र मधेशीका अधिकारका लागि नभई आफ्नो निहित स्वार्थपूर्तिका लागि उनीहरू मोर्चा र सहकार्यको प्रयासमा लागेको बताए ।

उनले भने, ‘ज-जसको दोकान बन्द हुन लाग्या छ। ती दल नै मधेसी दलहरूबीच सकार्य, मोर्चा र एकता गराउने भनेर अहिले लागेका छन्।' उनीहरूको छलफल र अभियानमा जसपा सहभागी नभएको उनले प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077