Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आह्वान, यस्ता छन् छलफलका एजेन्डा

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आह्वान, यस्ता छन् छलफलका एजेन्डा

आइतवार , माघ ६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरिएको छ ।

सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउनेछन् ।

पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल गरिने बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै संगठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।

बैठकमा वडा तहबाट संगठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोलकेन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिनेछ । तोकिएको भूगोलकेन्द्रित कार्यमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077