Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भीम रावल पक्षका पूर्वमन्त्री सुवेदीका बुवाछोरा नै एमालेको कारवाहीमा

भीम रावल पक्षका पूर्वमन्त्री सुवेदीका बुवाछोरा नै एमालेको कारवाहीमा

आइतवार , माघ ६, २०८१

कैलाली । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणी भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै संगठीत सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्काशन गरिएका भीम रावलको गतिविधीमा संलग्न भएको पाइएपछि कारवाही गर्न सिफारिस गरिएको बताए । एमाले कैलालीले पार्टीको संगठीत सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बुवाछोरा पनि पर्छन् ।

उनीहरु एमालेमा भीम रावल निकट मानिदै आएका थिए । रावल कारवाहीमा परेपछि उनले चलाएको मातृभूमी जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077