Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

आइतवार , माघ ६, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका पूर्वडीआईजी जोशी आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

जोशीविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ। आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा परेको छ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077