Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसँगको भेटेपछि वामदेव भन्छन् - अब एमालेमै जाने भइयो

प्रधानमन्त्री ओलीसँगको भेटेपछि वामदेव भन्छन् - अब एमालेमै जाने भइयो

आइतवार , माघ ६, २०८१

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले आफु एमालेमा जाने बताएका हुन्।

गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताए।

गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताए। उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने भन्दै बाँकी कुरा उतै सोध्न भनेका छन् ।

गौतमका अनुसार प्रधानमन्त्री ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका छन् ।

गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077