Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

आइतवार , माघ ६, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ ।

थुनछेक बहस पुरा नभएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन्। तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन्।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077