Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

आइतवार , माघ ६, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।

माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेटनजिकै कुटपिट भएको थियो।

टोखाबाट पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको बताइएको छ । घटनालगत्तै दोलखाका ललितकुमार केसी पक्राउ परेका थिए।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको पनि काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077