Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धनगढीबाट १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीनजना पक्राउ

धनगढीबाट १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीनजना पक्राउ

आइतवार , माघ ६, २०८१

धनगढी । कैलाली प्रहरीले १२ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका क्षेत्रमा छुट्टाछुट्टै स्थानमा चेकजाँच गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार ब्यारेल नजिक शंका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार दुई युवकको साथबाट १२ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।

पक्राउ परेका युवकहरूमा कैलालीको उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र झलारी बस्ने १८ वर्षीय नविन कुमार ऐर रहेका छन्।

त्यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर १ अस्पताल रोडबाट दिउँसो १ बजे २० वर्षीय निरञ्जन पन्तलाई पनि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पन्त हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्दै आएका थिए भने उनको स्थायी घर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ रहेको छ।

प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077