Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सुप्रिम सहकारी रकम अपचलन : रविविरुद्ध ८ करोड ३५ लाख बिगो

सुप्रिम सहकारी रकम अपचलन : रविविरुद्ध ८ करोड ३५ लाख बिगो

आइतवार , माघ ६, २०८१

काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलनमा रवि लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको छ ।

रुपन्देही जिल्ला अदालतका अनुसार आइतबार पूरक र थप अभियोग गरेर ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

जसअनुसार सरकारी वकिल कार्यालयको अभियोजन पत्रमा लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको हो ।

'...लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको सञ्चालक शेयर धनी रहेको अवस्थामा सहकारीबाट ८ करोड ९९ लाख ३६ हजार रुपैयाँ प्रालिमा गएको खुलेको छ,' लामिछानेविरुद्धको अभियोग पत्रमा उल्लेख छ ।

साथै ८ करोड ३३ लाख ६ हजारमा समेत उनको सामूहिक दायित्वमा रहेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077