काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।
मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सम्भावनासमेत रहेको बताइएको छ ।