Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चितवनमा एक युवकमाथि सडकमै ‘बुट’बजार्ने असई निलम्बित

चितवनमा एक युवकमाथि सडकमै ‘बुट’बजार्ने असई निलम्बित

सोमवार , माघ ७, २०८१

काडमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

सामाजिक सञ्जालमा आएको उक्त भिडिओ चितवनको रहेको खुलेको छ ।

भिडिओमा कुटपिटमाथि कुटपिट गर्ने प्रहरी चितवनको भरतपुरस्थित अस्थायी प्रहरी विट गणेशस्थानमा कार्यारत प्रहरी सहायक निरीक्षक(असई) बुद्धि बहादुर घर्ती भुजेल रहेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

उनलाई प्रदेश प्रहरी कार्यालयको समन्वयमा तत्काल निलम्बन गरिएको एसपी मिश्रले बताए । घटना १ महिना अगाडि भएको र छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।

प्रहरी कर्मचारीहरुले सडकमा दुई/तीन वटा मोटरसाइकल रोकेर चेकजाँच गरिरहेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

[insert page='329142' display='yopanipadhnuhos.php']

सडकको छेउमा केही युवाहरु पनि उभिरहेका छन् । त्यही क्रममा प्रहरी कर्मचारीले कोलाई फोन गर्ने ? पावर देखाको भन्दै निर्घात कुटपिट गरेको सुन्न र देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077