Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेको नेतृत्वविरुद्ध घेराबन्दी हुँदैछ : शंकर पोखरेल

एमालेको नेतृत्वविरुद्ध घेराबन्दी हुँदैछ : शंकर पोखरेल

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले पार्टी र नेतृत्व विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भूराजनीतिक द्वन्द्वको खेल भएको टिप्पणी गरे।

आगामी चुनावमा निर्वाचन पूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष गरेर नेकपा एमाले र नेपाली कांग्रेसले आम निर्वाचनलाई एजेन्डा केन्द्रित गर्ने संकल्प गरेपछि घेराबन्दी बढेको उनको भनाइ छ।

महासचिव पोखरेलले लेखेका छन्,'नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा एमालेको नेतृत्व माथि हमला गरिरहेका छन्। यो प्रवृत्ति हरेक हिसाबले जनता र राष्ट्रका लागि घातक छ । समाजवादको यात्राका लागि त झनै वाधक छ ।'

चुनावपछि जसको बहुमत आउँछ उसले तीन वर्ष सहज नेतृत्व गर्ने अवस्था निर्माण गर्नुपर्ने उल्लेख गर्दै कसैको बहुमत नआएको अवस्थामा पनि प्रमुख दललाई सरकारको नेतृत्व दिन तयार हुनुपर्ने बताए।

उनले प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई घुर्क्याएर ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो भन्दै शासन गर्न खोजेपछि अहिलेको अवस्था आएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077