Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा मगरको उम्मेदवारी

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा मगरको उम्मेदवारी

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर खुसीले उम्मेदवारी घोषणा गरेकी छन्।

१२ माघमा हुने भनिएको नेतृत्व चयनको निर्वाचनका लागि मगरले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

मगरले आफ्नो घोषणा वक्तव्यमा संगठनप्रतिको प्रतिबद्धता र लामो अनुभवलाई आधार बनाउँदै नेतृत्वका लागि आफू योग्य रहेको बताइन् ।

मगरले संगठनलाई पारदर्शी बनाउने प्राथमिक लक्ष्य रहेको बताइन् ।उनले आर्थिक निर्णय र गतिविधिहरू नियमित रूपमा सार्वजनिक गर्ने, डिजिटल उपकरणहरूको माध्यमबाट लेखा प्रणालीलाई व्यवस्थित राख्ने र आर्थिक गतिविधिमा सदस्यहरूसँग नियमित संवाद गर्ने प्रतिबद्धता जनाएकी छन् ।

साथै, दीर्घकालीन आर्थिक आत्मनिर्भरताका लागि नवीन कोष संकलन विधिहरू अपनाउने योजना अघि सारेकी छन् ।

उनले आफ्नो नेतृत्वमा संगठनलाई आर्थिक रूपमा मात्रै नभई सामूहिक रूपमा पनि सशक्त बनाउने आश्वासन दिएका छन् ।

संगठनभित्र विश्वास र सहकार्यको वातावरण सिर्जना गर्दै विद्यार्थीहरूको आवाजलाई बुलन्द बनाउने र कोषको प्रभावकारी उपयोगमार्फत संगठनलाई उदाहरणीय बनाउने उनको प्रतिवद्धता छ ।

मगरले अमृत साइन्स क्याम्पसको क्याम्पस कमिटि सदस्यबाट उपाध्यक्ष , इन्चार्ज , क्याम्पस जिल्ला सहसचिव हुँदै केन्द्रीय कमिटिमा रहेर काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077