Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बैंकहरूको कर्जा प्रवाहमा समस्या छ : अर्थमन्त्री पौडेल

बैंकहरूको कर्जा प्रवाहमा समस्या छ : अर्थमन्त्री पौडेल

सोमवार , माघ ७, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन्।

कृषि विकास बैंक लिमिटेडको ५८ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले बैंकहरुको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताए । अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए।

उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए।

उनले बैंकको क्षमता, सामर्थ्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गरे।

बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077