Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणाले गरिन् इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणाले गरिन् इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

सोमवार , माघ ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री राणाले इजिप्टका विदेशमन्त्री अतिसँग फोनवार्ता गरेकी हुन्।

परराष्ट्रमन्त्री राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गरेकी छन् ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।

जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् । गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

केही दिनमात्र अघि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।

त्यसैगरी मन्त्री राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077