Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले मलाई प्रधानमन्त्रीबाट हटाए : प्रचण्ड

भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले मलाई प्रधानमन्त्रीबाट हटाए : प्रचण्ड

सोमवार , माघ ७, २०८१

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन् ।

गोरखा नगरपालिका–८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए। भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले सरकार ढाल्न दिनरात प्रयास गरेको अध्यक्ष प्रचण्डले आरोप लगाए।

भ्रष्टाचारमा संलग्न रहेका जो कोहीलाई कारबाही गर्छु भन्दै अडान लिएर अघि बढेपछि आत्तिएर आफू नेतृत्वको सरकार ढालिएको उनले बताए ।

उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत जनताको सेवा गर्न खोजेको बताए ।

त्यसैकारण बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077