Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

‘अटोमेटिक’ पेस्तोलसहित भारतीय नागरिक पक्राउ

‘अटोमेटिक’ पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सोमवार , माघ ७, २०८१

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको (एफओबी) मठियाबाट खटिएको टोलीले भारतीय नागरिक २६ वर्षीय धनञ्जयकुमार झालाई ईशनाथ नगरपालिका-४ लतमरीबाट पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

आइतबार राति साढे ८ बजेको समयमा ईशनाथ-४ लतमरी स्थित सुनिल होटलमा तीन शङ्कास्पद व्यक्तिहरू खाजा खाइरहेको खबर प्राप्त हुनसाथ सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

उनी बिहारको पूर्वी चम्पारण जिल्ला, मोतिहारी, बसन्तपुर ग्राम पञ्चायत-९ का निवासी हुन् । उनको साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्याग्जीन र ७.६७ मि.मि का ४ राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अन्य दुईजना भने भारततर्फ भाग्न सफल भएका थिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077