विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको हो ।
थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
सरकारको निर्णयविरुद्धअधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थिए । थापा सत्तासीन दल कांग्रेस संसदीय दलका नेता पनि हुन् ।