Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रानीवनमा बन्यो भैरवस्थान प्रहरी चौकीको नयाँ भवन

रानीवनमा बन्यो भैरवस्थान प्रहरी चौकीको नयाँ भवन

सोमवार , माघ ७, २०८१

अछाम । अछामको भैरवस्थान प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

तुर्माखाँद गाउँपालिका–६ कुनीगडामा निर्माण गरिएको रानीवन प्रहरी चौकी भवनको सोमबार गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले उद्घाटन गरेका हुन् ।

वडा नम्बर ६ को वडा कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ४ लाख रकम र प्रधानमन्त्री स्वरोजगार अन्तर्गत दुई लाख बराबरको कामबाट प्रहरी चौकीको तिन कोठे भवन निर्माण गरिएको बताइएको छ ।

अब दुर्गममा खटिने प्रहरीलाई काममा उच्च मनोबल प्राप्त हुने विश्वास गरिएको छ ।

दैलेख जिल्लासँग सीमा जोडिएको क्षेत्रमा वर्षौदेखि भाडाको भवनमा बस्दै आएका प्रहरी गाउँपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि खुशी भएका छन् ।

उद्घाटनपछि नयाँ भवन बुझ्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भवन निर्माण गरेर स्थानीय सरकारले प्रहरीको आत्मबल बढाएको बताए ।

नवनिर्मित रानीवन प्रहरी चौकीको भवनमा कार्यालय प्रशासन शाखा, ब्यारेक, भान्साघर र शौचालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077