काठमाडौं । मोबाइल चोरी गरी रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर रौतामाई गापा-७ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका २४ बस्ने ३५ वर्षीय ध्रुवकुमार राय र काठमाडौं जिल्ला कामनपा २४ बस्ने राजन डंगोल छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले एप्पलको आईफोन एक थान, ओप्पो कम्पनीको मोबाइल एक थान, रेडमी कमपनीको मोबाइल दुई थान, किप्याड मोबाइल दुई थान, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि एक थान र ब्लुबुक एक थान बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।