Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

महासचिव गुरुङको चेतावनी - सरकारले कुलमानलाई चलाए ठिक हुन्न

महासचिव गुरुङको चेतावनी - सरकारले कुलमानलाई चलाए ठिक हुन्न

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंको एक कार्यक्रममा गुरुङले केपी ओली सरकारले घिसिङलाई हटाउन खोजेको आरोप लगाएका हुन् ।

महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।

कुलमानको कानुनी तथा संवैधानिक समस्या नभेटेपछि अदालतले पुरानो मुद्दा समय अघिनै पेशी अगाडी तानेकोप्रति आपत्ति जनाउँदै भने,'घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि ? आशंका उब्जियो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077