Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ट्रम्पलाई राष्ट्रपति पौडेलले बधाई दिँदै भने - नेपाल–अमेरिकाबीचको सम्बन्ध अझ बलियो हुनेछ

ट्रम्पलाई राष्ट्रपति पौडेलले बधाई दिँदै भने - नेपाल–अमेरिकाबीचको सम्बन्ध अझ बलियो हुनेछ

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

पौडेलले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन् ।

अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास राष्ट्रपति पौडेलको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077