Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

मंगलवार , माघ ८, २०८१

काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

जसअन्तर्गत दिउँसो साढे एघार बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो एक बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान एघार बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय, समितिमा प्राप्त उजुरी उपर सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो तीन बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ ।

त्यस्तै बिहान एघार बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077