काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन भैरहवा पुगेका छन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी काठमाडौंबाट जहाज चढेर मंगलबार भैरहवा गएका हुन् ।
मंगलबार साँझ भैरहवा पुगेपनि लामिछाने आफैं बुधबारमात्रै अदालत जानेछन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत आइतबार रवि, पूर्व डिआइजी छविलाल जोशी लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।