Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सर्टिफिकेट काण्डपछि बढुवाको मुखमा डीएसपीले दिए राजीनामा

सर्टिफिकेट काण्डपछि बढुवाको मुखमा डीएसपीले दिए राजीनामा

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका एक डीएसपीले बढुवाको मुखमा राजीनामा दिएका छन् । डीएसपी शिवबहादुर सिंहले दिएको राजीनामा हालै स्वीकृत भएको छ ।

गत वर्ष मात्र दार्चुलाको कमाण्ड गरेका डीएसपी सिंह शैक्षिक प्रमाणपत्रको विवादमा पर्दै आएका थिए । बढुवाको मुखमा ब्याचकै प्रतिस्पर्धीले यो विषय उचाल्न सक्ने भएपछि उनले राजीनामा दिएको स्रोत बताउँछ ।

२०६१ सालमा इन्सपेक्टरमा भर्ना भएका सिंहले नियुक्ति लिएपछि मात्र स्नातक उत्तीर्ण गरेका थिए । भर्नाको बेला सोर्सफार्सका आधारमा सो विषय मिलाए पनि पछिल्लो समय सो विषय बारम्बार बाहिर आएपछि उनी तनावमा थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन थालेपछि उनले राजीनामा दिएको स्रोत बताउँछ । यसअघि डीआईजी अशोक सिंह पनि आईजीपी नियुक्तिको मुखमा जन्ममितिसम्बन्धि विवादमा तानिएपछि राजीनामा दिन बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077