Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सत्ता छिट्टै ढल्छ, हाम्रो पार्टनर कांग्रेस छँदैछ : प्रचण्ड

सत्ता छिट्टै ढल्छ, हाम्रो पार्टनर कांग्रेस छँदैछ : प्रचण्ड

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड'ले सरकार ढले नेपाली कांग्रेससँग सत्ता समीकरण हुने बताएका छन् ।

मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले सत्ता छिट्टै ढल्ने समेत दाबी गरे।

‘मैले त यो सरकार २०८४ सम्म गइदिएहुन्थ्यो भनेको छु । सरकारको गतिविधि हेर्दा धेरै दिन जाँदैन, ’उनले भने ‘२०८४ सम्म नै सरकार गएन भने हाम्रो पार्टनर कांग्रेस छँदै छ।’

उनले माओवादीको प्राथमिकता अहिले सरकार नभएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077