काठमाडौं । नेकपा एमालेका निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनताको हितमा नभई नाफाखोर र विचौलियाको इसारामा चल्ने गरेको आरोप लगाएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन् ।
उनले हालै मात्र सरकारले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था अध्यादेशमार्फत हटाउँदै सिमेन्टको मूल्य दोब्बर बढाएको घटनालाई यस आरोपको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।
डा. रावलले भने, “ केपी शर्मा ओली नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र विचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानून अध्यादेशव्दारा हटाएर सिमेण्टको मूल्य दोब्बर बढाइएबाट फेरी पुष्टि भएको छ ।''
डा. रावलका अनुसार, सरकारले गरिब र निम्न आयस्तरका जनतालाई राहत दिनेभन्दा पनि उनीहरूलाई थप आर्थिक भार थोपर्ने नीति अपनाएको छ।