Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुँदैन : शेखर कोइराला

कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुँदैन : शेखर कोइराला

बुधवार , माघ ९, २०८१

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।

विराटनगरस्थिति कोइराला निवासमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्।

नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस र एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए।

नेता कोइरालाले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’

उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए ।

अहिले कांग्रेस र एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077